सामसङले बाढी पहिरो प्रभावित आफ्ना प्रयोगकर्ताको मोबाइल निःशूल्क मर्मत गर्ने

आश्विन २०, २०८१ | काठमाडौं

इलेक्ट्रोनिक्स समग्री उत्पादक कम्पनी सामसङले गत असोज दोस्रो साताको बाढी पहिरोका कारण प्रभावित आफ्ना प्रयोगकर्ताको मोबाइल फोनको निःशूल्क मर्मत गर्ने भएको छ । 

सो कम्पनीले आज एक सूचना जारी गर्दै फ्लड केयर अभियान अन्तर्गत सो सुविधा ल्याएको हो ।

 कम्पनीले बाढीपहिरो र डुबानमा परि बिग्रिएका सामसङ फोनहरुको मर्मत शूल्क र पाटपुर्जाहरु निशुल्क उपलब्ध गराउने जनाएको छ ।

 सो सेवा वारेन्टी अवधि बाँकी रहेका प्रयोगकर्ताहरुको लागि मात्र लागू हुनेछ । कम्पनीले आफ्ना देशभर रहेका अधिकारीक सेवा केन्द्रबाट असोज २७ गते सम्म सो सेवा लिन सकिने जनाएको छ ।  


प्रतिक्रिया