१२० किलो गाँजा सहित सप्तरीबाट दुई पक्राउ

आश्विन २३, २०८१ | राजविराज

ठूलो परिमाणको लागूऔषध गाँजासहित सप्तरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बरको गाडीमा ल्याउँदै गरेको एक सय २० किलो गाँजासहित कञ्चनरुप नगरपालिका–७ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

गाडीका चालक सिरहाको भगवानपुर गाउँपालिका–४ का चन्देश्वर चौधरी र भगवानपुर–२ का राम दुलार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी ढकेन्द्र खतिवडाले बताउनुभयो । 

कञ्चनरुप–७ धरमपुरस्थित प्रहरी चौकी चेक प्वाइन्टबाट खटिएको टोलीले कञ्चनपुरतर्फ आउँदै गरेको भारतीय नम्बरको गाडीको सुरक्षा जाँच गर्ने बेलामा लुकाइ छिपाइ राखिएको अवस्थामा सो परिमाण बराबरको गाँजा बरामद भएको एसपी खतिवडाले जानकारी दिनुभयो । 


प्रतिक्रिया