चितवनमा पुष ३ गते मिनी म्याराथन हुने

मंसिर २६, २०७४ | चितवन

 -  चितवनमा पहिलो पटक ‘नेपो रोटा मिनी म्याराथन’ प्रतियोगिता हुने भएको छ । रोटरी क्लब अफ नारायणगढको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पुष ३ गते हुने आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । म्याराथनको दुरी १५ किलोमिटरको रहने छ ।

आयोजक रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नारायण प्रधानका अनुसार पहिलो पटक आयोजना गर्न लागिएको र राम्रो भए यसलाई निरन्तरता दिदैं लगिने छ । 

प्रतियोगितामा १७ वर्ष भन्दा माथिकाले भाग लिन पाउने छन् । रत्ननगरको टाँडीबजारबाट म्याराथन सुरु हुने र नारायणगढको लिलाचोकमा आएर सम्पन्न हुने छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै द्धितिय र तृतिय हुनेले क्रमश: २५ हजार १५ हजार नगद, मेडल र प्रमाण पत्र पाउने छन् । आयोजकका अनुसार दौड पुरा गर्ने धावकहरुलाई समेत प्रमाण पत्र प्रदान गरिने छ । म्याराथनमा देशभरीबाट १ सय ५० भन्दा बढी धावकको सहभागिता रहने आयोजकले जनाएको छ । 

 


प्रतिक्रिया