नेपो रोटा मिनी म्याराथनको उपाधि आर्मीका कृष्णबहादुरलाई

पुस ३, २०७४ | चितवन

-  चितवन जिल्लामै पहिलो पटक आज आयोजना गरिएको ‘नेपो रोटा मिनी म्याराथन’ को उपाधि त्रिभुवन आर्मीका कृष्णबहादुर बस्नेतले जितेका छन् । बस्नेतले निर्धारित दुरी ४४ मिनेट ५३ सेकेण्डमा पार गर्दै उपाधि हात पारेका हुन् ।

त्यस्तै सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले ४५ मिनेट ३९ सेकेण्डमा दौड पुरा गर्दै द्धितिय र त्रिभुवन आर्मीकै हेमलाल श्रेष्ठ ४५ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरी तृतिय भए । प्रथम, द्धितिय र तृतियले क्रमश : ५० हजार, २५ हजार र १५ हजार नगदसंगै मेडल हात पारे । रोटरी क्लब अफ नारायणगढको आयोजनामा भएको म्याराथनको दुरी १५ किलोमिटर कायम गरिएको थियो ।

टांडी बजारबाट सुरु म्याराथन नारायणगढको लीलाचोकमा आएर टुंगिएको थियो । म्याराथनमा २ सय १७ जनाले नाम लेखाएपनि १ सय ९३ जना मात्र दौडमा सहभागी भए । ७४ जनाले मात्र निर्धारित दुरी पार गरेका थिए । 

 


प्रतिक्रिया