मोरङ ११ फाल्गुनन्द गोल्डकपको फाईनलमा

पुस १४, २०७४ | पाँचथर

 -  मोरङ ११, पाँचथरमा जारी नवांै फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । उपाधिका लागि मोरङले छिमेकी जिल्ला सुनसरी ११ सँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा सुनसरीले रुपन्देही ११ लाई पराजित गरेको थियो ।

फिदिममा भएको अन्तिम सेमिफाइनलमा झापाको बिर्तामोड युनाईटेड क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै मोरङले सुनसरी ११ सँगको भेट पक्का गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो ।

२४ औं मिनेटमा गोल गर्दै कर्ण लिम्बुले झापालाई अग्रता दिलाएपनि खेल सकिन ९ मिनेटअघि अशोक खवासले मोरङका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यसैबीच प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लबबाट खेल जीवन शुरु गरी जिल्लाबाट राष्ट्रिय टिमका पहिलो फुटबल खेलाडी बनेका गणेश लावतीलाई सम्मान स्वरुप यामाहाको मोटरसाइकल प्रदान गरिएको हो । सशस्त्र प्रहरी बल एपीएफ क्लबका सहायक प्रशिक्षक समेत रहेका लावतीलाई सम्मान स्वरुप मोटरसाईकल प्रदान गरिएको संस्थाका अध्यक्ष विमल श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया