सेपाताक्रोमा आर्मीलाई स्वर्ण पदक 

वैशाख ९, २०७६ | बर्दिया

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बर्दियाको गुलरियामा सोमबार भएको सेपाकताक्रो पुरुष तथा महिला डबल खेलमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक हात पारेका छन् । बैशाख ६ गतेबाट सुरु भएको खेल आज सम्पन्न भएको छ ।

पुरुष तर्फको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश ३ लाई २१—१७ र २१—८ अंकले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । प्रदेश ३ ले रजत पदकमा चित्त बुझाएको छ । कास्य पदकको लागि भएको खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई पराजित गर्‍यो ।

उसले गण्डकी प्रदेशलाई २३—२१, २१—१२ ले पराजित गर्‍यो । बेष्ट अफ थ्री मा भएको खेलमा गण्डकीले प्रदेश ५ लाई २१—१४ ले पराजित गरेको हो । 

महिला तर्फको डबलमा त्रिभुवन आर्मी कल्बले स्वर्ण पदक जितेको छ । उसले प्रदेश ३ लाई २१—०२ र २१—१२ ले हराएर स्वर्ण पदक जितेको हो । प्रदेश ३ रजत पदक पाएको छ । काश्य पदक भने गण्डकी प्रदेशले पाएको छ । गण्डकीले प्रदेश ५ लाई २१—१३ र २१—१५ ले पराजित गर्‍यो सेपाकताक्रो खेलमा पुरुष र महिला गरी ६/६ टिम सहभागी थिए । 


प्रतिक्रिया