बंगलादेश साफ अण्डर १८ च्याम्पियनसिपको सेमिफाइनलमा 

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

बंगलादेश, काठमाडौमा जारी साफ अण्डर १८ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित एपीएफ मैदानमा आज भएको खेलमा इण्डियालाई गोलरहित बराबरीमा रोक्दै बगंलादेश अन्तिम ४ मा पुगेको हो ।

बगंलादेश समुह बीमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । इण्डियाको १ अंक भएको छ । बगंलादेशले पहिलो खेलमा श्रीलङकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । इण्डियाले आफ्नो दोस्रो खेलमा पर्सि श्रीलङकासँग प्रतिस्पर्धा गर्नेछ ।

समुह एको खेलमा भोलि भुटानले मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । सो खेलपछि समुह एबाट सेमिफाईनल पुग्ने टोलीको टुंगो लाग्नेछ । 


प्रतिक्रिया