अल्ट्रा म्याराथनमा आर्मीको वर्चस्व

माघ १६, २०७६ | तनहुँ

तनहुँमा भएको व्यास अल्ट्रा म्याराथनको उपाधि सोलखुम्बुका २८ वर्षीय सुमन कुलुङले जितेका छन् । 

मानुङकोट देखि सहिद गाउँ पुलीमर्‍याङ सम्म ४४ किमीको दूरी २ घण्टा ५९ मिनेटमा पार गर्दै कुलुङले उपाधि हात पारेका हुन् । उनले ८१ हजार ७६ रुपैयाँ पुरस्कार प्राप्त गरे । 

३ घण्टा २ मिनेटमा दूरी पार गर्दै नेपाल आर्मीका २३ वर्षीय देवराज महतारा दोस्रो र ३ घण्टा ३ मिनेटमा दूरी पार गर्दै नेपाल आर्मीकै ३३ वर्षीय तीर्थ तमाङ तेस्रो भए महताराले ६१ हजार ७६ र तमाङले ५१ हजार ७६ रुपैयाँ प्राप्त गरे । 

म्याराथनमा ७० धावकको सहभागिता रहेको थियो । 


प्रतिक्रिया