गोर्खा ब्वाईज खप्तड गोल्डकपको अन्तिम आठमा प्रवेश

फाल्गुन १२, २०७६ | धनगढी

गोर्खा ब्वाईज रुपन्देही अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । 

धनगढी रंगशालामा आज भएको खेलमा सुनौलो संगम युवा क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाईजलाई क्वाटरफाईनलमा प्रवेश गरेको हो । 

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । गोर्खा ब्वाईजका हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र उत्तम गुरुङले गोल गरे । 

सुनौलोका लागि रञ्जित थापा, अजित थापा, शंकर राईले गोल गरे । भोलिबाट सुरु हुने क्वाटरफाईनलका खेलहरुमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र कञ्चनजंघा एफसी भारतबीच प्रतिस्पर्धा हुनेछ ।

गोर्खा ब्वाइजले सेमिफाईनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यसअघि भएका खेलमा जित हात पार्दै विभागीय टीम एपीएफ, भारतको कञ्चनजंघा एफसी र नवजन जागृती क्वाटरफाइनलमा पुगिसकेका छन् । 

आयोजक सुदूरपश्चिम–११, नेपाल पुलिस, थ्रीस्टार र हिमालयन शेर्पा क्लब भने बाई पाएर सिधै क्वाटरफाईनलमा पुगेको हो । प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ र उपविजेतालाई १० लाख १ रुपैयाँ प्राप्त गर्ने छन् । 


प्रतिक्रिया