खप्तडमा पराजित पुलिस बुढासुब्बाको फाइनलमा

फाल्गुन १५, २०७६ | धरान/धनगढी

शहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब धरानमा जारी बुढा सुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा रोकिएको छ । बुढासुब्बा गोल्डकपको सर्वाधिक सफल क्लब नेपाल पुलिससँग सडन डेथमा पराजित हुँदै मच्छिन्द्र सेमिफाइनलबाटै बाहिरिएको हो । 

उपाधिका लागि पुलिसले पर्सि शनिबार मनाङ मस्र्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ । धरान रंगशालामा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय गोल रहित बराबरीमा सकिएको थियो । त्यसपछिको टाईब्रेकर समेत ४–४ को बारबरीमा सकिएपछिको सडन डेथमा पुलिस विजयी भएको हो । मच्छिन्द्रका कप्तान विराज महर्जन गोल गर्न चुकेको अवस्थामा कपिल ढकालको प्रहारले जारी चुमेपछि पुलिस फाईनलमा स्थान बनाउन सफल भयो ।

धरानमा सफल भएपनि पुलिस धनगढीमा भने क्वार्टरफाइनबाटै बाहिरिएको छ । दोस्रो रोजाईंको टिमलाई धरान पठाएर पहिलो रोजाईंका खेलाडिसहित सर्वाधिक पुरस्कार राशीको प्रतिस्पर्धाका लागि धनगढी पुगेको पुलिस पहिलो खेलबाटै बाहिरिएको हो । 

विभागीय डर्बीमा पुलिसलाई टाईब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको चौंथो क्वाटरफाईनलमा भोलि हिमालयन शेर्पा र गोर्खा ब्वाइज रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया