आयोजक सुदूरपश्चिम ११ खप्तड गोल्डकपको फाइनलमा

फाल्गुन १७, २०७६ | धनगढी

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब पहिलो पटक अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

धनगढी रंगशालामा शनिबार भएको पहिलो सेमिफाईनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम–११ ले फाइनलमा स्थान सुरक्षित गरेको हो । 

सुदूरपश्चिम–११ को जितमा बिक्रम सिंह ठकुरीले दुई गोल गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए । सुदूरपश्चिमले खेलको ८ औं मिनेटमा विक्रमको गोलबाट अग्रता लिएको थियो । 

खेलको ११ औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमको जित सुनिश्चित गरे । खेलको २४ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल २–१ मा ल्याए ।


प्रतिक्रिया