खप्तडको उपाधि आयोजकलाई

युभेन्टस र एसी मिलानबीचको पहिलो लेग, जुन खेल १-१ को बराबरीमा सकिएको थियो ।  

फाल्गुन २०, २०७६ | धनगढी

घरेलु टोली सुदुरपश्चिम–११ स्पोर्टस क्लबले मोफसलकै सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको चौथो संस्करणको उपाधि जितेको छ । धनगढी रंगशालामा आज भएको फाइनलमा उसले ए डिभिजन क्लब थ्रीस्टारलाई १–० गोल अन्तरमा पराजित गर्‍यो । 

खेलको २८ औं मिनेटमा विक्रम सिंह ठकुरीले गरेको एक मात्र गोल आयोजक टिमलाई इतिहास रच्न पर्याप्त बन्यो । थ्रीस्टारका डिफेण्डर अनन्त तामाङले दिएको ब्याकपासलाई गोलकिपरले जज गर्न नसक्दा विक्रमले गोल गरेका थिए ।

जितसँगै सुदूरपश्चिमले २१ लाख नगद पुरस्कार प्राप्त गर्‍यो । उपविजेता थ्रीस्टारले ११ लाख पायो । विधागत तर्फ सुदूरपश्चिमकै वर्चश्व रह्यो । सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमका विक्रम सिंह घोषित भए । उनले एक थान मोटरसाइकल प्राप्त गरे । सुदुरकै धनबहादुर थापा उत्कृष्ट डिफेण्डर, रोहित भण्डारी उत्कृष्ट प्रशिक्षक भए । थ्रीस्टारका पूर्ण चेम्जोङ उत्कृष्ट गोलरक्षक चु्निए । विधागततर्फ उत्कृष्ट हुनेले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । 


प्रतिक्रिया