ओलम्पिक र पाराओलम्पिक स्थगित

रेडियो कान्तिपुर संवाददाता

चैत्र ११, २०७६ | काठमाडौं

सन् २०२० को टोकियो ओलम्पिक र पारा ओलम्पिक कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । अब प्रतियोगिता अर्को वर्ष हुनेछ । प्रतियोगिता जुलाइ २४ बाट सुरु हुदै थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी) ले पनि सन् २०२१ भन्दा अगाडि प्रतियोगिता आयोजना सम्भव नभएको जनाएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबले पछिल्लो निर्णयले प्रतियोगिता र दर्शक सबैका लागि स्थिति सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिता सार्न चर्को दबाबबीच प्रधानमन्त्ती सिन्जो र आईओसी अध्यक्ष थोमस बाखबीच आज बिहान लामो कुराकानी भएको थियो । आधुनिक ओलम्पिकको १ सय २४ वर्षको इतिहासमा प्रतियोगिता सार्न लागेको यो पहिलो पल्ट हो । यसअघि जापानी सरकार र आईओसीले एक महिनाको अन्तरमा प्रतियोगिताबारे निर्णय गर्ने बताएको थियो ।

क्यानडा र अस्ट्रेलियाले निर्धारित समयमा टोकियो ओलम्पिक्सको आयोजना भए आफनो देशले भाग नलिने बताइसकेको छ । बेलायत र अमेरिकाले पनि आफ्ना खेलाडी र खेल पदाधिकारीसंग छलफल गरेर प्रतियोगितामा सहभागी हुने अथवा नहुनेबारे निर्णय गर्ने बताएको थियो । 


प्रतिक्रिया