१५ औं पोखरा अन्तराष्ट्रिय म्याराथन आगामी फागुन १ गते

पुस २७, २०७७ | पोखरा

पन्ध्रौ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना हुने म्याराथन संचालनका लागि १९ उपसमिति गठन गरिएको छ । मञ्चले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पहिलोपटक महिला खेलाडीका लागि हाफ म्याराथन आयोजना गरिएको जानकारी गराएको छ ।

पुरुष तर्फको म्याराथनको उपाधि विजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन । यसैगरी द्वितीय हुनेले १ लाख, तृतीयलाई ७५ हजार र सान्तवना स्वरुप २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । हाफ म्याराथनतर्फ प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतियलाई ५० हजार र सान्तवनास्वरुप १५ हजार पुरस्कार दिइने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

आगामी फागुन २२ मा महिला र पुरुषको ह्रिवलचियर दौडको आयोजना गरिनेछ । सोही दिन महिला र पुरुषको दृष्टिविहीन दौड पनि हुनेछ । महिला पुरुषको १० किलोमिटर दौड चैत १४ र ५ किमी दौडको बैशाख ४ गतेलाई निर्धारण गरिएको छ । 


प्रतिक्रिया