बंगलादेश ६ विकेटले विजयी

माघ ७, २०७७

आईसीसी मेन्स क्रिकेट वल्र्ड कप सुपर लिग अन्तर्गत वेष्टइण्डिजबिरुद्धको पहिलो वान डे क्रिकेटमा बंगलादेश ६ विकेटले विजयी भएको छ । ढाकामा भ्रमणकारी टोलीले दिएको १ सय २३ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । उसको जितमा क्याप्टेन तमिम इकबालले ४४ रन बनाए । अकेल हुसेनले ३ विकेट लिएपनि हार भने टार्न सकेनन् ।

यसअघि पहिला व्याटिङ गरेको क्यारेबियन टोली ३२ ओभर २ बलमा १ सय २२ रनको सामान्य योगफल तयार पारेको थियो । काएल मायर्सले सर्वाधिक ४० रन बनाएपनि अन्यको ब्याट चल्न नसक्दा वेष्टइण्डिज कम योगफलमा अलआउट भयो । उसलाई कम स्कोरमा समेट्न सकिब अल हसनले ४, हसन महमुदले ३ र मुस्तफिजुर रहमानले २ विकेट झारे ।

बंगलादेश भ्रमणमा रहेको वेष्टइण्डिजले ३ वटा वान डे र २ वटा टेष्ट म्याच खेल्नेछ । दोस्रो वान डे शुक्रबार ढाकामा हुनेछ ।  


प्रतिक्रिया