म्यानचेष्टर सिटी र रियल मड्रिड विजयी

फाल्गुन १३, २०७७ | काठमाडौं

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा म्यानचेष्टर सिटी र रियल मड्रिड विजयी भएका छन् ।

 इङ्गलिस क्लब म्याचेष्टर सिटिले बोरुसीया मोन्चेन– ग्लाडबाकलाई २–० गोलले हराउँदै अवे खेलमा जित हात पारेको हो । मोन्चेन–ग्लाडबाकको मैदानमा भएको खेलमा २९ औं मिनेटमा बर्नाडो सिल्भा र ६५ औं मिनेटमा ग्याब्रियल जिससले गोल गरेका हुन् । दुई टोलीबीच अर्काे लेग १६ मार्चमा म्यानचेष्टरमा हुनेछ ।

यस्तै गएराति नै भएको अर्काे खेलमा रियल मड्रिडले अटलान्टालाई १–० गोल अन्तरले हराएको छ । १७ औं मिनेटमा रेमो फ्रुलेर रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सिमित भएको सो खेलमा ८६ औं मिनेटमा लुका मोड्रिचको पासमा फर्लाण्ड मेण्डिले गोल गर्दै रियललाई अवे खेलमा जित दिलाएका हुन् । यी दुई टोलीबीच १६ मार्चमा रियल मड्रिडको मैदानमा दोश्रो लेगको खेल हुनेछ । 


प्रतिक्रिया