अफ्रिकन रुट्स आहा-रारा गोल्ड कपको फाइनलमा

चैत्र २६, २०७७ | पोखरा

अफ्रिकन रुट्स एसोसिएशन पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै अफ्रिकन रुट्स एसोसिएशन फाइनलमा प्रवेश गरेको छ । 

उसको जितमा खेलको दोस्रो मिनेटमा बासेक र दोस्रो हाफको अतिरिक्त समयमा मउसाले गोल गरे । पहिलो हाफको २ मिनेटमै अफ्रिकन रुट्सका बसिकले गोल गर्दै खेलमा १–० अग्रता बनायो । यसपछि प्रहरी निकै दबाबमा परेको थियो । 

दोस्रो हाफपछि थपिएको ४ मिनेटमा अफ्रिकन रुट्सका मउसाले अर्को गोल गर्दै टोलीलाई जित दिलाए । अफ्रिकन रुट्सले उपाधिका लागि पर्सि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटा एपीएफलाई हराउँदै फाइनलमा पुगेको हो । 

मंगलबार भएको खेलमा पुलिसले थ्रीस्टारलाई ४–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको थियो । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार रुपैयाँ हात पार्दा उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।


प्रतिक्रिया