युरोपा लिगको क्वार्टरफाईनलको पहिलो लेगमा म्यान युनाईटेड र रोमा विजयी

चैत्र २७, २०७७ | काठमाडौं

युरोपा लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको पहिलो लेगमा म्यानचेष्टर युनाईटेड, रोमा र भियारियल विजयी भएका छन् । आर्सनल र स्लाभिया प्रागले एक एक गोलको बराबरी खेलेका छन् ।

 ग्रानाडालाई २–० ले हराउँदै म्यानचेष्टर युनाईटेडले सेमिफाईनल प्रवेशको सम्भावना बलियो बनाएको हो । ग्रानाडाको मैदानमा युनाईटेडलाई जिताउन मार्कुस रासफोर्ड र बुर्नो फर्नाण्डेजले गोल गरे । अधिकांश समय ग्रानाडालाई दबावमा राखेको युनाईटेडले पाएका अन्य अवसर भने सदुपयोग गर्न सकेन ।

रोमाले आयाक्सबिरुद्ध २–१ को जित निकाल्यो । घरेलु मैदानमा खेलको पहिलो हाफमा अग्रता बनाएपनि आयाक्सले त्यसलाई जोगाउन सकेन । दोस्रो हाफमा रोमाले लगातार २ गोल गर्दै जित निकालेको हो ।

भियारियलले डाईनामो जाग्रेभलाई १–० ले हराउँदै अघिल्लो चरण प्रबेशको संभावना बलियो बनाएको छ । आर्सनल र स्लाभिया प्रागले एक एक गोलको बराबरीको नतिजा निकालेका छन् ।    


प्रतिक्रिया