राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुने

वैशाख १०, २०७८ | काठमाडौं

सिन्धुपाल्चोकमा जारी भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । एपीएफ त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

सेमिफाइनलमा एपीएफले आर्मीमाथि ३०–२८,२२–२५,२५–१९ र २५–२३ को सेटमा पराजित गर्‍यो । अर्को सेमिफाइनलमा न्यु डायमण्डले पुलिसलाई २५–१०, १९–२५, २५–१५ र २५–१९ को सेटमा जित निकाल्यो । भोटेकोशी गाउँपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । तृतीय हुने टोलीले १ लाख र चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया