एएफसी यू–२३ एसियन कप: नेपाल इरानसँग ४–० ले पराजित

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ८, २०७८ | काठमाडौं


एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज इरानसँग ४–० गोल अन्तरको हार व्यहोरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानले पहिलो हाफको १७ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेको थिएन ।

छनोटको समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।


प्रतिक्रिया