सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

माघ १२, २०७८

सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ९ खेलाडीमा सिमित रहेको क्याप भर्डेलाई २–० गोल अन्तरलले पराजित गर्दै सेनेगलले अन्तिम आठमा स्थान पक्का गरेको हो । उसको जितमा सादियो माने र बाम्बा डिइङले एक एक गोल गरे । आफ्ना २ खेलाडीले रातो कार्ड पाएपछि क्याप भर्डे ९ खेलाडीमा सीमित भएको थियो ।

जितसँगै सेनेगलले अब अन्तिम आठमा माली वा इक्वेट्वरियल ग्युनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै हिजै भएको अर्को खेलमा मालावी माथि २–० को जित निकाल्दै मोरोक्को पनि अन्तिम आठमा प्रवेश गरेको छ । 


प्रतिक्रिया