बुढासुब्बा टुबोर्ग गोल्डकपको तयारी सुरु

फाल्गुन १८, २०७८

अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत्र २६ गतेबाट धरानमा सुरु हुने भएको छ । धरान फुटवल क्लवको आयोजनमा हुने प्रतियोगिता बैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी सुरु भएको आयोजक क्लबका अध्यक्ष किशोर राईले बताउनुभयो । 

धरान रंगशालामा हुने प्रतियोगितामा आयोजक सहित ८ टोलीले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । गत वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन ।


प्रतिक्रिया