राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि दाहाल र महर्जनलाई

वैशाख १०, २०७९ | बुटवल

बुटवलमा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधि बीरगञ्ज एग्रोका प्रिन्स दाहाल र महिलातर्फको आर्मीकी रसिला महर्जनले जितेका छन् । प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २ एकको सेटले पछाडि पार्दै उपाधि रक्षा गरेका हुन । त्यस्तै रसिलाले सशस्त्र प्रहरीकी जेसिका गुरुङलाई उपविजेतामा रोक्दै महिलाको उपाधि चुमेकी हुन् ।

बुटवल व्याडमिन्टन क्लबद्वारा आज आयोजिते भेट्रान्स ४५ वर्षमाथि सम्हूबाट कास्कीका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले सोझो सेटमा उपाधि जितेका हुन् । आरसी काठमाण्डौं डाउनटाउनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीलाई कास्कीका नरबहादुर शम्भुकुमारले हराउदै उपाधी चुमेका हुन् । यस्तै भेट्रान्स ५५ वर्षमाथिकोमा कैलालीका सुरेश बम र विष्णुलाल श्रेष्ठको जोडीले २ एकको सेटमा उपाधि रक्षा गरेको हो । सुरेश र विष्णुलालले चितवनका बुद्धि चौधरी र मनोजकुमार श्रेष्ठको जोडीलाई हराएको हो ।

मेन्स डबलतर्फको उपाधिआर्मीका प्रफुल्लमहर्जन र रुकेश महर्जनको जोडीले चुमेको छ । उनिहरुले एपएिफकादीपेश धामी र बिजितथापामगरको जोडीलाई उपविजेतामा रोक्दै उपाधि रक्षा गरेका हुन् ।

४ दिनसम्म संचालित प्रतियोगितामा विभागीय टीमसहित राष्ट्रिय स्तरका ९२ टीमको सहभागिता रहेको क्लबका सचिव भरत रानाले बताए ।


प्रतिक्रिया