नेपाल–अमेरिकाको बराबरी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७९

आईसीसी पुरुष विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाबीचको खेल बराबरीमा टुंगीएको छ । विहान भएको खेलमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्यमा अमेरिकाले २ सय ७४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । यस संगै नेपाल र अमेरिकाले अंक बांडेका छन् । पहिले ब्याटिङ्ग गरेको नेपालले सबै विकेटको क्षतिमा ४९ दशमलव २ ओभरमा २ सय ७४ रन बनाएको थियो । नेपालका लागी रोहित पौडेलले ६२, आसीफ सेखले ६१ र देव खनालले ५४ रन बनाउँदै अर्धशतकिय पारी खेले । २ सय ७५ रनको लक्ष्य सहित मैदान उत्रिएको अमेरिकाले निर्धारित ओभरमा सबै विकेट गुमाउदै २ सय ७४ रन बनाउँदा खेल बराबर हुन पुगेको हो ।

अमेरिकाको इनिङ्गसमा अन्तिम दुई बलमा नेपाली बलरले विकेट लिएपछि हार टार्न सफल भएको हो । नेपालका मोहम्मद आदील आलमले ३ विकेट लिएको खेलमा सन्दिप लामिछाने र सोमपाल कामीले समान एक विकेट लिए । नेपाल यसअघिको खेलमा ओमनसँग पराजित भएको थियो । 


प्रतिक्रिया