रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

पुस २८, २०७९ | काठमाडौं

भ्यालेन्सियाको चुनौती टाइब्रेकरमा पन्छाउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

 निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा रियलका कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्को एसेन्सियाले गोल गरे । भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र हृयुगो गुइलामोनले गोल गरे

त्यसअघि खेलको ३९औं मिनेटमा कप्तान बेन्जेमाकै पेनाल्टी गोलबाट रियलले अग्रता लिएको थियो । ४६औं मिनेटमा भ्यालेन्सियाका स्यामुइल डियास लिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए । त्यसपछि खेल अतिरिक्त हुँदै टाइब्रेकरमा लम्बिएको थियो । रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ । रियल बेटिस र बार्सिलोनाले आज राति प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया