स्पट र म्याच फिक्सिङ आरोपमा पक्राउ परेका क्रिकेटरलाई काठमाडौं ल्याइयो

माघ ९, २०७९

नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन् । उनीहरूलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । 

समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु भेटेपछि त्यसमा संलग्नताको आशंकामा दुई क्रिकेटरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराजबाट पक्राउ परेका आदील र विराटनगरबाट पक्राउ परेका महबुबलाई काठमाडौं ल्याइएको छ । लिगका खेलमा म्याच फिक्सिङ र स्पट फिक्सिङ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ क्यानले भने अस्वीकार गर्दै आएको छ । 


प्रतिक्रिया