बागमती प्रदेश मुख्यमन्त्री कपः उपाधिकालागि पुलिस र एपीएफले खेल्ने

वैशाख १८, २०८२ | काठमाडौं
बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको मैदानमा आज भएको दोस्रो समेमिफाइन खेलमा रौतहट जिल्ला फुटबल संघको टोलीलाई ५–० गोलले पराजित गर्दै पुलिससँगको भिडन्त पक्का गरेको हो । उपाधि दाबेदार मानिएको एपीएफ क्लबले अपराजित रहँदै फइनलमा स्थान बनाएको हो । पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको एपीएफले दोस्रो हाफमा पुन एक गोल थप्दै उपाधि यात्रा तय गरेको हो ।
एपीफको जितमा अनिता बस्नेत, सविता रानामगर, सरु लिम्बु, रश्मि कुमारी घिसिङ र निशा थोकरले एक एक गोल गरे । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा पुलिसले संकटा क्लबलाई १–० गोलले हराउँदै फाइनमा स्थान बनाएको थियो । फाइनल खेल पर्सी शनिबार हुनेछ ।