इंग्लिस प्रिमियर लिग : टोटेनहम हटस्परको जित

माघ १०, २०७९

टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण ३ अंक बटुलेको छ । घरेलु टोली फुलहममाथि १–० को जित दर्ता गरेपछि स्पर्स् पाँचौ स्थानमा यथावत छ । फर्वाड ह्यारी केनले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो ।

क्राभेन कटेज गएरातिको गोलसँगै केनले क्लबका लागि २ सय ६६औं गोल गर्दै क्लवका जिमी ग्रीभ्सको सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन् ।

चेल्सीबाट करियर सुरु गरेका ग्रीभ्सले सन् १९६१ देखि १९७० सम्म स्पर्सका लागि ३ सय ७९ खेलमा २ सय ६६ गोल गरेका थिए । सन् २०११ मा टोटेनहममा डेब्यु गरेका केनले क्लबका लागि ४१५ खेलमा २६६ गोल गरेका छन् ।

जितसँगै टोटेनहम २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दुरी छोट्याएर पाँचौं स्थानमा यथावत छ । पराजित फुलहम २१ खेलबाट ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।


प्रतिक्रिया