एभर्टनका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्त

माघ १०, २०७९

इंग्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै लाम्पार्डलाई एघर्टनले गएराति बर्खास्त गरेको हो ।

गत शनिबार राति वेस्ट ह्याम युनाइटेडसँग २–० ले पराजित भएसँगै क्लबले लाम्पार्डलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । ४४ वर्षीय लाम्पाड २०२२ मा क्लबको मुख्य प्रशिक्षक बनेका थिए । उनले राफयल बेनिटेजको स्थान लिएका थिए ।

त्यसबेला पनि रेलिगेसन जोनमा संघर्ष गरिरहेको एभर्टनलाई उनले रेलिगेसन बचाएका थिए । यो सिजन कमजोर प्रदर्शन गरिरहेको एभर्टन २० खेलमा ३ जित, ६ बराबरी र ११ हारको नतिजासहित १५ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ । लाम्पार्डको प्रशिक्षणमा एभर्टनले ४४ खेल खेल्दा १२ जित, ८ बराबरी र २४ हारको नतिजा निकालेको छ ।

एभर्टन अब पाँच वर्षमा छैटौं स्थायी प्रबन्धकको खोजीमा छ । क्लबले लाम्पार्ड र उनका कोचिङ स्टाफलाई १२ महिनाको चुनौतीपूर्ण अवधिमा सेवा गरेकोमा धन्यवाद दिएको छ ।


प्रतिक्रिया