एफ ए कप फुटबल : वेष्टह्याम युनाइटेड विजयी

माघ १७, २०७९

एफ ए कप फुटबलको पछिल्लो खेलमा वेष्टह्याम युनाइटेड विजयी भएको छ । डर्बी काउन्टी माथि २–० गोल अन्तरको जित निकाल्दै वेष्टह्याम युनाइटेड विजयी भएको हो । खेलको १० औं मिनेटमा जरोड बोवेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाफमा मिकाइल एन्टोनियोले गोल गर्दै खेलमा वेष्टह्यामलाई जित दिलाए । अब एफए कपको पाँचौं चरणमा वेष्टह्यामले म्यानचेष्टर युनाइटेडसँंग खेल्नेछ ।

यसैबीच गएराती स्पेनिस ला लिगामा भएको खेलमा भिया रियल माथि रायो भालेकानोले जित निकालेको छ । रायो भालेकानोले भियारियललाई १–० गोल अन्तरले हराएको हो । रायो भालेकानोका लागी खेलको ७० औं मिनेटमा सर्जियो कामेलोले गरेको गोल नै जितका लागी पर्याप्त भयो । 


प्रतिक्रिया