इंग्लिस प्रिमियर लिग : चेल्सी फुलहमसँग बराबरीमा

माघ २१, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी फुलहमसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सी फुलहमसंग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा चेल्सीले फुलहमसँग अंक बाँड्न बाध्य भएको हो । फुलहमविरुद्धको खेलबाट चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजले डेब्यु गरेका थिए ।

अर्जेन्टिनाका मिडफिल्डर एन्जोलाई चेल्सिले बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । बराबरीसागै चेल्सीले २१ खेलमा ३० अंक जोडेर नवौं स्थानमा छ । २२ खेलमा ३२ अंक जोडेको फुलहम भने छैटौं स्थानमा रहेको छ ।


प्रतिक्रिया