साफ यू–२० महिला च्याम्पियनसिप फुटबल : नेपाल र भुटानबीच प्रतिस्पर्धा

माघ २२, २०७९

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित मुस्ताफा कमल रंगशालामा दिउँसो सवा ३ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । अघिल्लो खेलमा इण्डियासँग १२–० गोल अन्तरले पराजित भुटान पनि आज पहिलो जितको खोजीमा छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, ईण्डिया र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले अन्तिम खेलमा पर्सी मंगलबार ईण्डियासँग खेल्नेछ ।


प्रतिक्रिया