म्यानचेष्टर सिटी टटनह्याम हट्स्परसँंग पराजित

माघ २३, २०७९

ईङ्गलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटी टटनह्याम हट्स्पर सँंग पराजित भएको छ । गएराती भएको खेलमा टटनह्यामले म्यान सिटिलाई १–० ले हराएको हो । खेलका १५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टटनह्यामलाई जित दिलाएका थिए । बल पोसेसनका आधारमा ६५ प्रतिशत समय खेलमा आफ्नो नियन्त्रण कायम गरेपनि म्यान सिटिले जित निकाल्न सकेन । शिर्ष स्थानको आर्सनलसंग ५ अंकको दुरीमा रहेको म्यान सिटिले दुरी कम गर्ने मौका गुमाएको हो । आर्सनलको २० खेलबाट ५० अंक छ भने २१ खेल सहित म्यान सिटिको ४५ अंक छ ।

गएराती भएको खेलमा म्यान सिटिमाथि जित निकाल्दै टटनह्यामले भने शिर्ष ४ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । ५ औं स्थानको टटनह्यामको २१ खेलबाट ३९ अंक छ भने चौथो स्थानको न्युकासलको २१ खेलबाट ४० अंक छ । गएराती भएको अर्काेमा नटिंघम फरेस्टले लिड्स युनाइटेड माथि १–० गोल अन्तरको जित निकालेको छ । 


प्रतिक्रिया