विराट गोल्डकपको पुरस्कार राशी २० लाख

फाल्गुन ३०, २०७९

विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँले वृद्धि गरिएको छ । विराटनगरको शहिद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुने छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बढाएर २० लाख रुपैयाँ कायम गरिएको छ । त्यसैगरी उपविजेता टीमले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । 

यसअघि प्रतियोगिताको पाँचौ संस्करणको विजेता सशस्त्र प्रहरीको एपीएफले १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी, प्रत्येक खेलको विजेता टीमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय तथा भारतका दुई टीम दिल्ली एफसी र केरलामा रहेको लुका सकर सहित ८ टीमको सहभागिता रहने आयोजकले जनाएको छ । 


प्रतिक्रिया