क्रिकेटर द्धय ललित राजबंशी र दीपेश कँडेल सहित नौ खेलाडीलाई कोशी प्रदेश सरकारद्वारा सम्मान

चैत्र २२, २०७९

क्रिकेटर द्धय ललित राजबंशी र दीपेश कँडेल सहित नौ खेलाडीलाई कोशी प्रदेश सरकारले सम्मान गरेको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा मुख्यमन्त्री हिक्मत कार्कीले राजबंशी र कँडेललाई जनही १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित सम्मान गरेका हुन् । 

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विश्वकप छनौटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका राजबंशी र यू १९ विश्वकप छनौटमा यूएई विरुद्ध ह्याट्रिक गर्दै मुलुकलाई विश्वकपमा पुर्‍याउन सफल कँडेललाई विराटनगर महानगर पालिकाले जनही एक एक लाख र सुनसरीको झोक्राहा गाउँपालिकाले जनही २० हजार रुपैयाँ सहित सम्मान गरेको थियो । उनीहरु विराटनगरका रैथाने हुन् ।

त्यसैगरी अल्ट्रा धाविका प्रिया राईलाई पनि प्रदेश सरकारले एक लाख नगद सहित सम्मान गरेको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेका अनुसार बोर्डको सिफारिसमा जुनियर राष्ट्रिय एथलेटिकस चितवनमा सहभागी भई प्रदेशकालागि मेडल जित्ने पुजा चौधरी, अंशु मण्डल, सागर यादव, निमा जिसी तथा १८ औ मुआथाई विश्व च्याम्पियनसीपमा काँस्य जित्ने डेनिसका राई र रजत जिन्ते सन्जय राईलाई पनि सम्मान गरिएको थियो । 


प्रतिक्रिया