मनाङ मस्र्याङ्दी र न्यूरोड टिम विजयी

जेष्ठ १४, २०८०

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मस्र्याङ्दी र न्यूरोड टिम एनआरटी विजयी भएका छन् । ललितपुरको च्यासल मैदानमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

निकोलस सङले ६३ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको खेलमा ६७ औं मिनेटमा सनम लिम्बुको गोलमार्फत न्यूरोडले अग्रता दोब्बर बनाएको थियो । ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले गोल गरेका थिए । जितसंगै २९ अंकसहित एनआरटी तालिकाको आठौं स्थानमा छ । पराजित सातदोबाटो समान अंकका साथ गोल अन्तरका आधारमा छैटौं स्थानमा छ ।

यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई मनाङ मस्र्याङ्दीले १–० गोल अन्तरले हराएको छ । मनाङका लागि ३८ औं मिनेटमा चेतन कुमार थारुले गरेको गोल नै निर्णायक बन्यो । १० औं स्थानमा रहेको मनाङले २८ अंक बनाउँदा ११ औं स्थानमा रहेको थ्रीस्टारको २६ अंक छ । 


प्रतिक्रिया