प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा पुलिस क्लब फाइनलमा प्रवेश

जेष्ठ ३०, २०८२ | काठमाडौं

विभागीय टोली नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालास्थित कभर्डहलमा आज सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । 

एभरेस्टमाथि पुलिसले २५–१६, २५–१३ र २५–११ ले जित्दै फाइनलमा स्थान बनायो । अब पुलिसले उपाधिका लागि भोली न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र विभागीय टोली एपिएफ क्लबबीचको विजेतासँग खेल्ने छ ।


प्रतिक्रिया