स्कटल्याण्ड टी–२० आई सिरिज खेल्ने नेपाली टोलीको घोषणा

जेष्ठ ३१, २०८२ | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले स्कटल्याण्डमा हुने टी–२० आई सिरिज खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले भोलि आइतबारदेखि स्कटल्याण्डमा सुरु हुने टी–२० आई सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । 

टोलीमा पूर्वनिर्धारित रुपमा स्कटल्यान्ड भ्रमणमा रहेका खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टिमका मुख्य दुई खेलाडी गुल्सन झा र सोमपाल कामी भने घाइते भएपछि टिमबाट बाहिर छन् । 

किरण ठगुन्ना, लोकेश बम र रुपेश के सिंहलाई सिरिजमा समावेश गरिएको छ । किरण पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका हुन् भने रुपेश सिंह यसअघि हङकङमा भएको टी–२० शृंखलामा नेपालको टोलीमा परेपनि डेब्यू गरेका छैनन् । 

लोकेश बम भने नेपाली टी–२० आई टोलीमा पर्दै आएका छन् । सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स समावेश छन् । नेपालले आफ्नो पहिलो खेलमा आगामी असार २ गते नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछ । 

त्यसैगरी, स्कटल्यान्डसँग असार ३ गते खेल्ने तालिका छ । त्यसपछि असार ५ मा नेदरल्यान्ड्स र ६ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ । यसअघि भएको आइसीसी विश्वकप लिग–टूमा नेपालले चार मध्ये तीन खेल जितेको थियो । 

नेपालको टी–२० आई टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, अनिलकुमार शाह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिं ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।


प्रतिक्रिया