साफका लागि ३० खेलाडी छनोट

जेष्ठ १७, २०८०

भारतमा अर्को महिना आयोजना हुने पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्सेले पहिलो चरणमा ३० सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालसहित ८ राष्ट्र सहभागी हुने साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म बेंग्लोरमा सुरु हुँदैछ ।

नेपाल रहेको समूह ए मा आयोजक भारत, कुवेत र पाकिस्तान रहेका छन् । यस्तै, समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । फिफा प्रतिबन्धका कारण साफ च्याम्पियनसिपमा श्रीलंका सहभागी छैन भने, कुवेत र लेबनान पाँहुना टोली हुन् । उद्घाटन खेलमा नेपालले कुवेतविरुद्ध खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । घरेलु लिग जारी रहेका कारण नेपालले साफका लागि पर्याप्त तयारी भने गर्न पाईरहेका छैनन् ।


प्रतिक्रिया