राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

जेष्ठ १७, २०८० | काठमाडौं

आईसीसी विश्वकप एकदीवसीय छनोटको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । २३ सदस्सीय टोली आज विहान दक्षिण अफ्रिका प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई र स्पिनर सन्दिप लामिछाने भने केही दिन पछि मात्रै दक्षिण अफ्रिका जाने छन् ।

बलात्कार आरोप लागेका सन्दिपको पेशी एक साता पछि हुने भएका कारण अन्तिम फैसाला नआएसम्म उनको विदेश भ्रमण रोकिएको हो । यस्तै मुख्य प्रशिक्षक मोन्टी भिसा समस्याका कारण रोकिएका हुन् । उनी केही दिनमा भिसा प्राप्त भएपछि जाने नेपाल क्रिकेट संघ क्यानका म्यानेजर विनोद दासले बताए । विश्वकप एकदीवसीय छनोटका खेलहरु आगामी असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुँदैछन् । छनोट अघि नेपालले चार एसोसिएट टोली नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र ओमानसँग वार्मअप म्याच खेल्दैछ ।  


प्रतिक्रिया