इङ्लिस प्रिमियर लिगः आर्सनलको जित, चेल्सी बराबरीमा रोकियो

आश्विन १, २०८० | एजेन्सी

इङलिस प्रिमियर लिग फुटवलको पछिल्लो खेलमा आर्सनलले जित हात पारेको छ । उसले गोडिसन पार्कमा एर्भटनमाथि १–० गोल अन्तरको जित हात पारेको हो । आर्सनलका लागि लियान्द्रो ट्रोसार्डले खेलको ६९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितपछि आर्सनल समग्रमा १३ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । प्रिमियर लिगको अंकतालिकामा म्यानचेस्टर सिटी पहिलो, टटनहम दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् । लिभरपुलसँग समान १३ अंक भएपनि आर्सनल गोल भिन्नतामा एक स्थान तल परेको हो ।

गएरातिको अर्को खेलमा चेल्सीले बर्नमाउथसँग गोलरहित बराबरी खेलेको छ । चेल्सी अंक तालिकाको १४ औं स्थानमा छ । बर्नमाउथ भने १५ औं स्थानमा छ । 


प्रतिक्रिया