केपी ओली कप क्रिकेटमा पुलिसद्धारा सुदूर सामू १५९ रनको लक्ष्य

मंसिर १२, २०८० | काठमाडौं

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई १ सय ५९ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । उसमा लागि राष्ट्रिय टिममा समेत रहेका कुशल भुर्तेलले ६७ रनको अर्धशतकिय इनिङ्स खेले । यसअघि मधेश प्रदेशविरुद्धको खेलमा उनले १ सय २ रनको शतकिय इनिङ्स खेलेका थिए । 

सुदुरपश्चिमका विकास आग्रीले २ तथा भोजराज भट्ट र बसन्त खत्रीले समान १ विकेट हात पारे । सुदुरपश्चिम अहिले जवाफि ब्याटिङमा छ । आजको खेल जित पुलिस समुह सी को विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । पुलिसले आफ्नो पहिलो खेलमा मधेश प्रदेशलाई हराएको थियो ।

यसैबीच, आजै दिउँसो १ बजे हुने खेलमा सुमह डी का कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया