त्रिवेणी कपको फाइनलमा लालीगुराँस र बेंसीशहर भिड्दै

पुस २१, २०८० | लमजुङ

लमजुङमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधिका लागि लालीगुराँस युवा क्लब र बेंसीशहर युथ सोसाइटी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बेंसीसहरस्थित सहजी मैदानमा हुने फाइनल खेल आज दिउँसो २ बजेपछि सुरु हुनेछ । 

लालीगुराँस भुजुङले सेमिफाइनलमा नवलपुरको अभिषेक चर्च रजहरलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । बेंसीसहर युथ सोसाइटीले हिजो भएको सेमिफाइनलमा लाङ्दी देवी युवा क्लब २–१ गोलले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । 

प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित अभिषेक चर्च रजहर र लाङ्दी देवी युवा क्लबलाई १–१ लाख रुपैयाँ प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । 

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २०÷२० हजार रुपैयाँ दिइने त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो ।  


प्रतिक्रिया