टाइगर कप भलिबल: न्यु डाइमन्ड र पुलिस सेमिफाइनलमा

माघ २, २०८० | पोखरा


चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड क्लव र नेपाल पुलिस क्लव चौथो संस्करणको टाइगर कप भलिबलको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह बी अन्र्तगत आजको खेलमा त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टोलीलाई पाँचौ सेटमा पराजित गरेपछि न्यु डायमण्डको सेमिफाइनल यात्रा सहज भएको हो । आर्मीको २ खेलबाट २ अंक छ भने हिजो आर्मीलाई हराएको न्यु डायमण्डको ३ अंक छ । आजको खेल पाँच सेटमा पुगेकाले हरियाणाले पनि १ अंक जोड्यो । आर्मीले सुरुवाती सेट जितेपनि त्यसपछि लगातार दुई सेट गुमाएको थियो । तर, उत्कृष्ट पुनरागमन गर्दै आर्मीले २ अंक जोडेको हो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीले पहिलो सेट २५–२२ ले जितेको थियो । त्यसपछि हरियाणाले २५–२० र २५–१८ ले लगातार सेट जित्दै २–१ को अग्रता लियो । आर्मीले चौथो सेटमा २५–१७ र पाँचौ सेटमा १५–१२ को जित निकाल्दै जित निकालेको हो । भोली हुने खेलमा न्यु डायमन्ड र हरियाणाले खेल्नेछन् । महिलातर्फ आजै भएको पहिलो खेलमा गण्डकीले तीन भारतीय खेलाडीलाई अनुबन्ध गरेपनि पुलिसविरुद्ध सोझो सेटको हार बेहा¥यो । पहिलो सेटमा २५–१० को जित हासिल गरेको पुलिसले दोस्रो सेट २५–९ ले जितेको थियो । तेस्रो सेटमा २५–१६ ले जित हासिल गर्दै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो । महिलातर्फ समूह ए मा पुलिसको २ खेलमा ४ अंक छ । एपिएफको १ खेलमा २ अंक रहँदा गण्डकी अंकविहिन छ । समूह ए मा भोलि एपिएफ र गण्डकी भिड्नेछन् । 


प्रतिक्रिया