चेल्सीसँग लेस्टर सिटी २-१ ले पराजित

मंसिर ९, २०८१ | काठमाडौं

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई पराजित गरेको छ । किङ्स पावर स्टेडियममा शनिबार भएको खेलमा चेल्सीले घरेलु टोली लेस्टर सिटीलाई २–१ गोलले हराएको हो । 

निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोलमा चेल्सी विजयी भएको हो । प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो । चेल्सीले सुरुआतदेखि नै घरेलु टोली लेस्टरलाई दबाबमा राखेको थियो । 

खेलको १५ औं मिनेटमै ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५ औं मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफको अतिरिक्त समयको पाँचौं मिनेटमा जोर्डन अय्युले पेनाल्टी मार्फतमा लेस्टरका लागि एक गोल फर्काए । 

यो नतिजासँगै चेल्सी १२ खेलबाट २२ अंक जोडर तालिकाको तेस्रो स्थानमा रह्यो । समान १२ खेलबाट १० अंक जोडेको लेस्टर १६ औं स्थानमा छ । 

लिगको अन्य खेलमा आर्सनलले नटिङघम फरेस्टलाई ३–० गोल, ब्राइटनले बर्नमाउथलाई २–१ र उल्भ्सले फुलहमलाई ४–१ गोलले पराजित गर्‍यो । एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ तथा एभरटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् । 


प्रतिक्रिया