झापा गोल्डकप आगामी फागुनमा हुने

माघ ९, २०८० | बिर्तामोड

झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । झापा गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १९ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा तीन विदेशी, आयोजक झापा–११ सहित ७ टिमले सहभागिता जनाउने छन् । यसपटक प्रतियोगिताको विजेताले १३ लाख तथा उपविजेताले ७ लाख रुपैया“ पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । 


प्रतिक्रिया