विर्तामोड युनाइटेड क्लव झापा फाइनलमा

माघ ११, २०८०

झापाको विर्तामोड युनाइटेड क्लव इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएकोसेमिफाइनल खेलमा पाँचथरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराँउदै विर्तामोड इलाम गोल्डकपको फाइनलमा पुगेको हो । निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछि टाइब्रेकरका आधारमा खेलको निर्णय गरिएको थियो ।

टाइब्रेकरमा विर्तामोडका एन्जल गुरुङ, दिवस उराउ, रोहन कार्की र प्रदिप बुडाथोकीले गोल गरेका थिए । झापाकै विशाल दर्जीले गरेको प्रहार भने पाँचथरका गोलकिपरले रोक्न सफल भए । पाँचथरका तर्फबाट भने सुदिप श्रेष्ठ र साइमन लिम्बूले गोल गरे । आजको खेलमा विर्तामोडका सञ्जित राइ म्यान अफ द म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाउन सफल भए । सेमिफाइनल जितेसँगै झापाले अब उपाधीका लागि न्युरोड फुटबल टिम काठमाण्डौ (एनआरटीं) सँग भिड्ने पक्का भएको छ । रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी सहित ८ टिम सहभागि छन् । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

गोल्डकपको फाइनल माघ १३ गते हुनेछ । 


प्रतिक्रिया