विराट गोल्डकप ट्रष्टको अध्यक्षमा किशोर शाही

माघ २१, २०८० | विराटनगर

विराट गोल्डकप फुटबल ट्रष्टको अध्यक्षमा किशोर शाही चयन हुनु भएको छ । ट्रष्टको साधारण सभाले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको कार्यकाल चार वर्षको हुनेछ । 

शाही यसअघि ट्रष्टका उपाध्यक्ष र मिल्स गोल्डकप फुटबल प्रतियोगिताका अध्यक्ष हुनुहुन्थयो । ट्रष्टको अध्यक्ष यसअघि सन्तोश बानिया“ हुनुहुन्थ्यो । 

ट्रष्टको उपाध्यक्षमा किशोर तिम्सिना, महासचिवमा विनेश बस्नेत, सचिवमा ध्रुव सिग्देल, कोषाध्यक्षमा अनुज बा“नीया र सहकोषाध्यक्षमा विमलराज भण्डारी चयन हुनु भएको छ । 

ट्रष्टले वसन्त अर्याल र मनोज बस्नेत लगायत फुटबलका हस्तीलाई यसपाली पाखा लगाएको छ । ट्रष्टीजहरु उनीहरुको कार्यक्षमतालाई लिएर रुष्ट बन्दै आएका थिए । यसअघि अर्याल सदस्य र बस्नेत महासचिव हुनुहुन्यो । 

अखिल नेपाल फुटबल संघ एन्फाका सहमहासचिव रहेका अर्याललाई एन्फाले पनि सो पदबाट हटाई सकेको छ । २०१८ सालदेखि विराटनगरमा सञ्चालन हुँदै आएको महेन्द्र गोल्डकप फुटबल प्रतियोगितालाई गणतन्त्र स्थापनापछि ट्रष्टमा परिणत गरेर विराट गोल्डकप नामाकरण गरेर प्रतियोगिता आयोजना गर्दै आएको छ । 

विराट गोल्डकपको नवौं सस्करण आगामी चैतमा आयोजना गर्ने तयारी ट्रष्टको छ । ट्रष्टले विगतमा आयोजक समिति हायर गरेर प्रतियोगिता आयोजना गर्दै आएको थियो । 

यस पटक ट्रष्ट आफैले प्रतियोगिताको आयोजना गर्ने अध्यक्ष शाहीले बताउनुभयो । विगतमा उद्योगी व्यवसायीहरु राजेन्द्र राउत, नवीन रिजाल, मनोजविक्रम राणा र गत वर्ष महानगर प्रमुख नागेश कोइरालाले यो प्रतियोगिताको आयोजना गर्नु भएको थियो । 

कोइरालाले आयोजना गर्दा गत वर्ष ७८ लाख रुपैयाँ घाटा भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । ट्रष्टको वित्तीय खातामा १३ लाख रुपैया“ मौज्जात रहेको शाहीले जानकारी दिनुभयो । 


प्रतिक्रिया