पाँचथर गोल्डकपमा आयोजकको विजयी सुरुवात

फाल्गुन १२, २०८० | पाँचथर

चौथो संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक पाँचथर क्लबले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा सप्तरीको नमोबुद्व फुटबल क्लबलाई फिदिम माविको खेल मैदानमा ३–० गोल अन्तरले पराजित गर्दै पाँचथरले विजयी सुरुवात गरेको हो । पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको नमोबुद्व क्लबले दोस्रो हाफमा थप एक गोल ब्यहोरेको हो ।

पाँचथरको जितमा शुक्रराज राईले ह्याट्रिक गरे । प्रतियोगितामा भोलि झापा ११ र रेर्डहर्ष क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका आठ टोलीलले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुनेछ  


प्रतिक्रिया