बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा आज आयोजक र एन्फा भिड्दै

फाल्गुन ३०, २०८० | सुनसरी

अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदैछन् । 

धरान रंगशालामा हुने पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । 

आयोजक धरानले उद्धघाटन खेलमा पाहुना टोली भारतको यूकेएफसीलाई सडेन डेथमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । 

मोरङले पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।


प्रतिक्रिया